Schulte टेबल संग परिधीय दृष्टि प्रशिक्षण

सेरेब्रल कोर्टेक्सको फ्रन्टल लोबहरू

एउटा निश्चित विन्दुमा ध्यान केन्द्रित गर्ने र एकाग्रताको स्तर बढाउने कुरा भनेको एउटा कठिन कार्य हुनुपर्दैन । दिमागले यस्तो गर्नसक्छ, त्यसैले यसलाई प्रशिक्षण दिन सकिन्छ । तर कसरी ? शल्ट (Schulte) टेबल एपमार्फत दृष्टि, ध्यान र स्मरणशक्तिलाई उत्तेजक बनाउँदै ।


शल्ट (Schulte) टेबल के हो ?

यो सामान्यतया ५x५ कोठाको टेबल हो, जसमा 1 देखि 25 सम्मको अंकहरु अथवा अक्षरहरु (A देखि Z सम्मको) लाई सामान्यतया अनियमित तरिकामा राखिएका हुन्छन । यद्यपी कठिनाइको स्तरमा निर्भर रहँदै, यो 6X6 अथवा धेरै वर्गहरुमा पनि बढ्नसक्छ ।

5x5 सेल Schulte तालिकाहरूs

शल्ट (Schulte) टेबल मस्तिष्कलाई उत्तेजित गराउनको लागि उत्कृष्ट टेबलहरु मध्ये एक हो । एकाग्रतालाई सुधार्ने र स्मरण विकासलाई प्रवर्तन गर्ने क्षमता यसका फाइदाहरु मध्ये एक हो । यसलाई परिधीय दृष्टि सुधार्ने उपकरणको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


यसले कसरी काम गर्छ ?

यसले अंकहरुको खोजीमा ध्यान दिन्छ, जुन तलदेखि माथिबाट गरिनुपर्छ । यदि टेबल 5X5 को छ र अंकहरुबाट बनेको छ भने, यो 1 मा सुरु गरिनुपर्छ र 25 मा सकिनुपर्छ, अक्षरहरुमा पनि त्यहि लागू हुन्छ ।

यी टेबलहरुले द्रुत नेत्र गतिलाई प्रोत्साहन गर्ने भएतापनि, उदेश्य यो हो कि कोठाका कुराहरु एक झलकमा देख्न सकिन्छ । यो कसरी प्राप्त गरिन्छ ? तपाईंले आँखाको गतिलाई सकेसम्म कम गर्दै आफ्नो परिधीय दृष्टिलाई प्रशिक्षण दिएर सुरुवात गर्न सक्नुहुन्छ ।

यसो गर्नको लागि, व्यक्तिले आफ्ना आँखालाई टेबलको बिचको कोठामा अडिग गर्नुपर्छ । त्यसैले गर्दा, आँखाले आफ्नो दृष्टिको क्षेत्र बढाउनसक्छ र पूर्णरुपमा ग्रिडलाई देख्नसक्छ ।

परिधीय दृष्टिले आँखाको आन्दोलनको मात्रा कम गर्दछ।

यद्यपी, यसलाई प्राप्त गर्नको लागि टेबल र हेर्ने मानिसको आँखाको बिचमा एक सहि दूरी हुनुपर्छ । यस मामिलामा, एकदमै सहज दूरी भनेको ४० देखि ५० सेन्टिमिटरसम्मको हो ।


यसको उदेश्य के हो ?

यस प्रणालीले परिधीय दृष्टि विस्तार गर्नको लागि टेबलहरुको प्रयोग गर्दछ, जुन भनेको, दृष्टिको ठाडो र तेर्सो क्षेत्र हो । यसको उदेश्य यो हो कि व्यक्तिले अंक वा अक्षरहरु सकेसम्म छिटो पत्ता लगाउन सक्छन । जसले तपाईंको एकाग्रताको र पढ्ने क्षमताको बहाव सुधार गर्नेछ ।

सुरुमा, यो कठिन हुनेछ, तर जब तपाईंले अभ्यास गर्नुहुन्छ, कुराहरुलाई ठाउँमा राख धेरै सजिलो हुनेछ । तसर्थ, क्रमिक खोज कम समयमा सम्पन्न हुनेछ ।


द्रुत पढाइ बढाउनको लागि उत्कृष्ट अभ्यास

यदि तपाईंलाई पढ्न राम्रो लाग्छ र तपाईंलाई लाग्छ कि आफूलाई एकदमै मनपर्ने किताबहरु पढ्नको लागि पर्याप्त समय छैन भने, चिन्ता नगर्नुहोस, ख्याल राख्नुहोस ! भाग्यवश, शल्ट टेबलको साथमा, तपाईंले छिटो पढ्न सिक्न सक्नुहुन्छ, किनकि यसलाई तिब्र पढाईको अभ्यास गर्नको लागि उत्कृष्ट व्यायामको रुपमा वर्गीकृत गरिएको छ ।

किन भनि तपाईंलाई थाहा छ ? मात्र यसकारणले कि जब दृष्टि क्षेत्र बिस्तार हुन्छ, धेरै लेखहरु ढाकिन्छन, धेरै कुराहरु, र तसर्थ, प्रक्रिया गर्नको लागि धेरै जानकारी । यसले पढाईको समझलाई सहज बनाउँछ ।


दृष्टि प्रशिक्षण – गेमीफिकेसन

यस एपको बारेमा भिन्न कुरा भनेको तपाईंले गेम खेल्दै गर्दा आफ्नो मस्तिष्कलाई मजबुत बनाउन सक्नुहुन्छ । टेबलहरु मार्फत यो सबै रमाइलो तरिकामा, यो त्यति सजिलो छ । तपाईंले केवल शल्ट (Schulte) टेबलमा ध्यान दिनुपर्छ, यसको बिचमा आफ्नो ध्यान अडिग राख्नुपर्छ र अंक वा अक्षरहरुको बढ्दो क्रममा खोजि गर्नुपर्छ ।

केन्द्रीय वर्ग फेला पार्नु र एउटा काल्पनिक बिन्दुमा ध्यान दिनु यसको आधार भएतापनि, मुख्य चुनौती भनेको अंक 1 पत्ता लगाउनु हो । आँखाले कुनैपनि गतिविधि नगरिकन त्यो अंक पत्ता लगाउन सक्नुपर्छ । अवश्य पनि, एउटा सहज दूरीबाट जहाँ टेबल पूर्णरुपमा हेर्न सकिन्छ ।


के यो अभ्यास वास्तवमै त्यस्तो प्रभावशाली छ ?

हो, जबसम्म यो ठिकसँग गरिन्छ । त्यसैले, यदि तपाईं साँच्चै आफ्नो परिधीय दृष्टि निखार्न चाहनुहुन्छ, र आफ्नो विवेक र क्षमताहरुको परिक्षण गर्न चाहनुहुन्छ भने, तपाईंले शल्ट (Schulte) चार्टहरुलाई एक प्रशिक्षण कार्यक्रम बनाउनुपर्छ । त्यसले यसलाई निरन्तर र व्यवस्थितरुपमा गर्ने कुरा समावेश गर्दछ ।

जीवनमा सबैकुरा अभ्यासको विषय हो, त्यसैले बारम्बारता नै साँचो हो । त्यसैले, तपाईंले हप्तामा दुइपटक १० मिनेटको लागि शल्ट (Schulte) टेबलहरुमा काम गर्दै सुरुवात गर्न सक्नुहुन्छ ।

त्यसपछि त्यस अंकलाई हप्ताको ३ वा ४ पटकमा बढाउनुहोस् र समय दुइगुना गर्नुहोस । एउटा यस्तो तरिकामा जसले द्रुत पढाइ, परिधीय दृष्टिको विस्तार प्राप्त गर्दछ, साथसाथै ध्यान र दृष्टि धारणा सुधार गर्दछ ।


शल्ट (Schulte) चार्टहरुले आँखाको व्यवहार परिवर्तन गर्छन

सुरुमा, जब यस प्रकारको टेबल कसरी सम्हाल्ने भने थाहा हुँदैन र तार्किक रुपमा त्यहाँ अनुभवको कमि हुन्छ, आँखाको गति एकदम तिब्र हुन्छ । ठाडो रेखालाई तेर्सो रेखा र विकर्ण (डायगोनल) रेखाहरुसँग पार गरेको कल्पना गर्नुहोस, किनभने, आँखाले व्यवहार गर्ने यसरी नै हो, तिनले व्यवहारिकरुपमा नै सम्पूर्ण टेबल समेट्दछन ।

यद्यपि, जब हामी यस अभ्यासमा थप निपुण हुन्छौं, उक्त आँखाको गति कम गहन हुन्छ । अन्त्यमा, रेखाहरुको वारपार हुने क्रम शल्ट (Schulte) टेबलको बिचको वर्गमा घट्छ ।


स्मरण सुधारको निम्ति यो आदर्श छ

यसको प्रभाव हाम्रो मस्तिष्कमा यस्तो हुन्छ कि यसले दिमागलाई सक्रिय राख्दछ, र अरु मध्ये हेर्ने, मुल्यांकन गर्ने, र संश्लेषण गर्ने जस्ता सोच प्रक्रियाहरु बढाउँछन । नतिजास्वरुप, यसले स्मरण मजबुत बनाउँछ र निर्णय-गर्ने कुरा सुधार्नमा मदत गर्दछ ।


तर यस दिमागको अभ्यासको बारेमा त्यस्तो भिन्न कुरा के छ ?

यस प्रकारको अभ्यासको विशेषता भनेको सेरेब्रल कोर्टेक्सको फ्रन्टल लोबहरूमा रगत प्रभाव बढाउँदै, मस्तिष्कलाई सक्रिय गर्दै झल्किन्छ । अन्य भाषामा, पम्पीङले सतर्कताको एउटा अवस्था सिर्जना गर्दछ जसले मस्तिष्कलाई नयाँ समस्याहरु समाधान गर्न प्रोत्साहन गर्दछ ।

मस्तिष्क गतिविधिमा यस वृद्धिले थप स्मरण र एउटा उच्च स्तरको एकाग्रतामा रुपान्तरण गर्दछ । यद्यपि, जब शल्ट (Schulte) टेबलहरु ठीकरुपमा गरिन्छन, एकाग्रताको अवस्था यस्तो हुन्छ कि यसको तुलना ध्यानसँग हुन्छ, जिज्ञासु हुनुहुन्छ ?

यसको विशेषताहरु भन्दै, यो मानसिक अभ्यास वयस्क र बालबालिकाहरु दुवैले अभ्यास गर्नसक्छन । वास्तवमा, यसलाई बालबालिकाको सिकाईलाई पूरक गर्न सहयोग उपकरणको रुपमा प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि, तपाईंको दृष्टिको क्षेत्रलाई बढाउँदै र द्रुत पढाईलाई प्रोत्साहन गर्दै ।

कुनै शंकाबिना, तपाईंको वौद्धिकता मजबुत बनाउन र तपाईंको स्मरण क्षमता बढाउनको लागि यो एकदमै प्रभावशाली कार्यहरु मध्ये एक हो । सबैभन्दा उत्कृष्ट के हो भनि तपाईंलाई थाहा छ ? तपाईंले यसलाई केवल रमाइलोको लागि अभ्यास गर्न सक्नुहुन्छ र अझैपनि यसबाट लाभ लिन सक्नुहुन्छ ।

तपाईंको मस्तिष्कले पक्कै पनि तपाईंलाई धन्यवाद दिनेछ !